एनपिएलः आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

Break n Links
Break n Links

नेपाल प्रिमियर  लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछ।

पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। 

लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ। 

चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ।

आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन्। यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ। कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ।

समान २र२ अङ्क भएका कर्णाली छैटौं र विराटनगर सातौं स्थानमा छन्।

प्रकाशित मिति: : 2024-12-07 07:34:00

प्रतिकृया दिनुहोस्