आज यी ठाउँमा वर्षा र हिमपातकाे सम्भावना

आज देशका वभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका उच्च हिमाली भुभागका एक दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि थप चिसो बढ्दै जाने महाशाखाको अनुमान छ। हाल बिहान कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशीक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। 

तराईका भूभाग तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

प्रकाशित मिति: : 2024-12-08 07:12:00

प्रतिकृया दिनुहोस्