दुर्गा प्रसाईंमाथि ३ दिन म्याद थप

File Photo
File Photo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले प्रसाईंलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीलाई दिएकाे हाे।

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)काे टाेलीले मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियाे।

उनीमाथि विद्युतीय कसुरको अपराधमा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2024-12-08 16:00:00

प्रतिकृया दिनुहोस्