एनपिएलमा आज बिहान ९ बजेबाट सुरू भएको पहिलो खेलमा चितवन राइनोजले टस जितेर लुम्बिनी लायन्सविरुद्ध बलिङ गर्दैछ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा चितवनका कप्तान कुशल मल्लले टस जित्दै बलिङ रोजेका हुन्।
चार खेल खेलेका यी दुवै टिममध्ये चितवन एक खेलमा हार बेहोरेको छ भने तीन खेलमा जित हात पारेको छ। लुम्बिनी भने चार खेलमध्ये चारै खेल हारेर अंक तालिकाको पुछारमा छ।
पाँचौं खेलमा पनि पराजित भएको अवस्थामा लुम्बिनी टोलीबाट बाहिर हुनेछ। जसले गर्दा पनि लुम्बिनी आज जित्नै पर्ने दबाबमा छ।
आज दिउँसो १ बजे हुने दोस्रो खेलमा कर्णाली र पोखरा भिड्नेछन्।