विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई सदस्य नियुक्त

Break n Links
Break n Links

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिकाे सदस्यमा दुई जना नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्मण केसी र बलबहादुर पराजुलीलाई सदस्यमा नियुक्त गरेका हुन्। 

केसी नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडिइएन)का अध्यक्ष हुन् भने पराजुली नेकपा एमाले निकटका हुन्। पराजुली रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा पनि छन्।

 उनीहरूको कार्यकाल ४ वर्षको हुन्छ।

यसअघिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएपछि उनीहरू सञ्चालक समितिमा नियुक्त भएका हुन्। 

आचार्य नेकपा एस र पुन माओवादीको कोटाबाट सदस्यमा नियुक्त भएका थिए।

याे पनि– प्राधिकरणका दुई सञ्चालक नहटाउन सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति: : 2024-12-18 15:14:00

प्रतिकृया दिनुहोस्