पोखरामा आजबाट अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव सुरु भएकाे छ।
पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा नेपालमा पहिलो महोत्सव भएकाे हाे।
महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व रहेकाे छ।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै आज १३ ओटा बेलुन पोखराको आकाशमा उडेका छन्।
महोत्सवमा नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि रहनेछन्।