बालकोटमा बाबुछोरा हत्या प्रकरण: जेठाे छाेराले गरे प्रहरीमा आत्मसमर्पण

Break n Links
Break n Links

भक्तपुरको बालकोटकाे बाबुछोरा हत्या प्रकरणमा जेठाे छाेरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

सूर्यविनायक नगरपालिका-२ बालकोटकाे फिकाधारा टोलमा साेमबार बिहान खोटाङ घर भएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्यकाे हत्या भएकाे थियाे।

घटनालगत्तै फरार भएका जेठाे छाेरा मिलनले मंगलबार बिहान आफैँ महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले नै बाबु र भाइकाे हत्या गरेकाे स्वीकारेकाे प्रहरीले जनाएकाे छ।

आइतबार राति तीन बाबुछोरा खाना खाएर सँगै सुतेकाे र सोमबार बिहान भने दुईवटा काेठाकाे ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको थियाे।

सँगै सुतेका कुलप्रसादका जेठा छोरा मिलन भने घटनापछि फरार रहेका थिए।

उनीहरूकाे शरीरमा चाेटपक देखिएकाेले प्रहरीले उनीहरूकाे हत्या नै भएकाे आशंका गरेकाे थियाे। 

प्रकाशित मिति: : 2024-12-24 12:56:00

प्रतिकृया दिनुहोस्