त्रिभुवन विश्वविद्यालय (त्रिवि) का १४ हजार बढी विद्यार्थी दीक्षित भएका छन्। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकाे ५०औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय ८ विद्यार्थी दीक्षित भएका हुन्।
स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित भएकाे त्रिविले जानकारी गराएकाे छ। गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।
दीक्षान्त समारोहमा विद्यार्थीसँगै उनीहरूका अभिभावक पनि रंगशाला पुगेका थिए। दीक्षित भएपछि विद्यार्थीहरूले रङ्गशालामै खुसी साटासाट गरेका थिए। विद्यार्थीहरूले टोपी उडाउनेदेखि एक अर्कामा तस्बिर खिचाएर खुशी व्यक्त गरेका थिए।
दीक्षित भएका छाेराछाेरीलाई अभिभावकले फूलका गुच्छाले बधाइ दिएका दृष्य पनि रङ्गशालामा देखिएकाे थियाे।
यस पटक २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका विद्यार्थीहरू दीक्षित भएका हुन्।
साथै समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार पनि वितरण गरिएकाे छ।