माओवादी एक नम्बरको पार्टी भएमात्र भ्रष्टाचार अन्त्य हुन्छ: प्रचण्ड

Break n Links
Break n Links

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भएमात्र देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्।

कञ्चनपुरको पूनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ। मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ। भ्रष्टाचारीलाई यसै छोडिने छैन। गिरिबन्दु, यति, ओन्नीमा, नक्कली भुटानी सरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादी पार्टी एक नम्बरकाे भएमा भ्रष्टाचारीलाई लखेट्ने प्रकृया पनि सुरु हुने बताए। ‘अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ। भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौं। अहिले मैले अब धेरै भन्नु छैन’, उनले भने। 

आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै प्रचण्डले मिटर ब्याजीहरू, मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरु पनि भयभीत र आतंकित भएर सरकार ढाल्न लागि परेको बताए।

‘सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ। भ्रष्टाचारका विरुद्ध छैन’, उनले भने। 

पूनर्वासमा एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशिल नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेका प्रचण्डले  देशैभरि पनि माओवादीमा एकताबद्ध हुने लहर चलेको बताए।

‘पर्सी म झापा जाँदै छुँ। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ’, उनले भने।

सो क्रममा सुदूरपश्चिमको विकासमा आफू दत्तचित भएर लागेको बताउँदै उनले भारत भ्रमणको बेलामा सिमानाको समस्या समाधान गर्नको निम्ति कञ्चनपुरका विभिन्न भागमा रहेका सीमा समस्यादेखि लिपुलेख कालापानीको समस्य सम्म खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको बताए।

भिडियाे–

प्रकाशित मिति: : 2024-12-28 19:31:00

प्रतिकृया दिनुहोस्