श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन भएकाे छ।
सिंहदरबारमा आइतबार बसेको संसदीय सुनुवाइ समितिकाे बैठकले नेपालीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।
गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रीलंकाको राजदूतमा नेपालीकाे नाम सिफारिस गरेको थियो। आइतबार समितिकाे बैठकले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्दै सर्वसम्मतले अनुमोदन गरेको हो।
संवैधानिक व्यवस्थाअनुसार अब उनलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्।