मुगुको पर्यटकीयस्थल रारा ताल आसपास हिमपात भएको छ।
मौसममा भएकाे बदलीका कारण रारा क्षेत्रमा हिमपात भएको हाे। हिमपात भएपछि रारा क्षेत्र थप रमणीय देखिएको छ भने चिसो पनि बढेको छ।
हिमपातले रारा घुम्न जाने आन्तरिक पर्यटकहरूलाई थप उत्साहित बनाएकाे छ।