मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
बुधबार बिहान मनहरी गाउँपालिका-६ लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घाँस काटन तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हाे।
चितवन राप्ती नगरपालिका-१ दुबिचौर घर भएकी अन्दाजी ७० वर्षीया दिलमाया स्याङ्तानलाई गैंडाले आक्रमण गरेको र स्थानीयहरुले होहल्ला गरेपछि गैंडा जंगलतर्फ भागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको र उनलाई उपचारको लागी चितवन पठाइएको छ।