त्रिशूलीमा मोटरसाइकल खस्दा चालक बेपत्ता, भेटियो भारतीय सेनाको परिचय पत्र

फाइल तस्बिर
फाइल तस्बिर

चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन्।

शुक्रबार इच्छाकामना गाउँपालिका–५ कालिखोला पुल नम्बर–३ मा बागमती प्रदेश ०६(०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका हुन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोका अनुसार  नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता भेटिएको छ। 

उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना रहेको खुल्न आएको छ। 

मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो। 

मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ।

प्रकाशित मिति: : 2025-02-14 13:35:00

प्रतिकृया दिनुहोस्