बाराको नवजन्म सुधार केन्द्रका सञ्चालककाे कुटाइबाट एक जनाकाे मृत्यु भएकाे छ।
मृत्यु हुनेमा सुधार केन्द्रमा बस्दैआएका कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतो रहेका छन्।
गएराति उनीहरूबीच विवाद बढ्दै गएपछि सञ्चालकसहितले महतोलाई कुटपिट गरेका थिए।
उनीहरूकाे कुटाइबाट महताेकाे मृत्यु भएकाे थियाे। उनकाे मृत्युपछि सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन्।
पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।