स्ववियु निर्वाचनमा भाग नलिने रास्वपाको निर्णय, स्वतन्त्र उम्मेद्वारलाई सघाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा भाग नलिने निर्णय गरेको छ।

विद्यार्थी संगठन नबनाउने रास्वपाको नीतिअनुसार दलगत हुने गरी उम्मेदवार खडा नगर्ने निर्णय भएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

त्रिभुवन विश्वविद्यालयबाट अन्तर्गतका सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरूमा चैत ५ गते स्ववियु निर्वाचनको तयारी छ। उक्त निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरूलाई समर्थन गर्ने रास्वपाले निर्णय गरेको छ।

अन्य पार्टी निकट विद्यार्थी संगठनहरू भने निर्वाचनको तयारीमा जुटिसकेका छन्। स्ववियुमा मुख्यतः कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने गरेको छ।

प्रकाशित मिति: : 2025-02-20 15:11:00

प्रतिकृया दिनुहोस्