काठमाडौं जिल्ला अदालतले दीपक मनाङेको कैद सजाय २० प्रतिशत छुट दिन आदेश दिएको छ। चक्रे मिलन भनिने मिलन गुरुङको हात काटेको घटनामा दोषी सावित भएपछि हाल उनी कैद सजाय भुक्तान गरिरहेका छन्।
अदालतले उनलाई पाँच वर्षको कैद सजाय सुनाएको थियो। त्यसमध्ये उनले १ वर्ष ८ महिना पहिला नै कैद भुक्तान गरिसकेका थिए। अब अदालतको छुटपछि उनको कैद एक वर्ष कम भएको छ। र अब उनी १६ महिनामात्रै जेलमा रहनेछन्।
मुलुकी ऐनको दण्ड सजाय हल ४१ (क) मा २० प्रतिशत कैद छुटको व्यवस्था छ। कुनै आरोप प्रमाणित भएर अदालतले अन्तिम फैसला सुनाएको ६० दिनभित्र अदालतमा आफै आत्मसमर्पण गरेमा २० प्रतिशत कैद सजाय माफ हुने व्यवस्था उक्त दफामा छ। सोही अनुसार मनाङेले अदालतमा कैद माफीका लागि निवेदन दिएका थिए।
उनी गण्डकी प्रदेशसभाको निर्वाचित सांसद पनि हुन्।