सर्वोच्चको आदेश सरकारलाईमात्र होइन शिक्षकहरूलाई हठ त्याग्नु पनि भनेको हो- शंकर पोखरेल

Break n Links
Break n Links

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब आफ्नो हठ त्यागेर विद्यालय फर्किन अपिल गरेका छन्। बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउनू भनेर आदेश दिएपछि पोखरेलले शिक्षकहरूलाई अपिल गरेका हुन्। 

उनले त्यो आदेशलाई सरकारलाईमात्रै हो भनेर तर्क नगर्न र बरु भएका अनौपचारिक सहमतिहरूलाई औपचारिकता दिएर विद्यालय फर्किन पनि भनेका छन्। पोखरेलले आदेशको कार्यान्वयन गर्नु सरकारको बाध्यता भएको भन्दै त्यो आदेशको मूल पक्ष भने विद्यालय र परीक्षाहरू समयमै सञ्चालन गर्नु पनि भएको बताएका छन्। 

‘सर्वोच्च अदालतले वालवालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ। कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ। हो आदेश त सरकारलाई हो। तर चिन्ता विद्यालय बन्द भएको कुराप्रति हो। परिक्षा रोकिएको कुरा प्रति हो’ उनले भनेका छन् ‘उक्त आदेशपछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नुपर्ने वाध्यता उत्पन्न भएको छ। उक्त आदेशको मूल पक्ष विद्यालय र परिक्षा समयमै सञ्चालन गर्नु हो। सबै पक्ष जिम्मेवार बनौं।’

उनले सरकार र राजनीतिक दलहरूले आजदेखि सुरु हुने संसदको यही अधिवेशनबाटै शिक्षा ऐन जारी गर्ने भनेर प्रतिवद्धता जनाइसके पनि शिक्षकहरूले हठ नत्यागेको आरोप पनि लगाएका छन्। 

‘अदालतको आदेश सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनवाट जारी गर्दछौं भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरुको हठका विरुद्धमा पनि हो’ उनले भनेका छन् ‘अब हठ त्यागेर अनौपचारिक रुपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरुलाई विद्यालय फर्काउने वातावरण तयार गरौं।’
 

प्रकाशित मिति: : 2025-04-25 09:30:00

प्रतिकृया दिनुहोस्