गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ।

सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको उपमहासचिव वर्षमान पुनले बताए।

उनले भने, ‘भोलिको संसदको अवरोध यथावत रहन्छ। गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको छैन। आम मिडिया र जनसमूदायले पनि भनिरहेको छ। भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ। को संलग्न छ भन्ने कुरा त छानबिनले देखाउँछ। छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष छ।’

त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीको निष्कर्ष छ।

प्रकाशित मिति: : 2025-06-02 17:15:00

प्रतिकृया दिनुहोस्