सर्वोच्चले माग्याे टिकटकर बस्नेतलाई थुनामा राख्नुको कारण

सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण माग गरेको छ। 

रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेसी समुदायलाई होच्याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन्। रमालाई विद्युतीय कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो। 

प्रकाशित मिति: : 2025-06-24 15:09:00

प्रतिकृया दिनुहोस्