नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।
मंगलबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो।
उक्त छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए। त्यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाललगायत नेता पनि छलफलमा सहभागी थिए।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।