अमेरिकाले भन्यो -'ह्यापी न्यु इयर नेपाल'

अमेरिकी विदेशमन्त्री माइक पम्पेओ नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग हात मिलाउँदै। तस्वीर: अमेरिकास्थित नेपाली दूतावास

अमेरिकाको विदेश विभागले नेपालमा भित्रिदै गरेको नयाँ वर्ष २०७६को उपलक्ष्यमा शुभकामना ब्यक्त गरेको छ। अमेरिकी सरकार र जनताका तर्फबाट नेपाल भित्र र बाहिर रहेका सबै नेपालीका लागि शुभकामना व्यक्त गरिएको भनिएको छ।।

विदेश विभागका प्रवक्ता मोर्गन अर्टगस्ले जारी गरेको नयाँ वर्षको शुभकामना बिज्ञप्तिमा भनिएको छ- 'अमेरिकी सरकारको तर्फबाट नेपालभित्र लगायत संसारभर रहेका नेपालीहरुलाई नयाँ वर्षको बिशेष शुभकामना दिन चाहन्छौ।'

अमेरिकामा नेपाली समुदाय बढदै गरेको सन्दर्भ उल्लेख गर्दै प्रवक्ता मोर्गनले अगाडि भनेका छन्- 'लामो इतिहास रहेको दुई देशवीचको सम्वन्ध आउँदा वर्षहरुमा अझालियो हुने छ। र, दुई देशबीचको सहकार्य निरन्तर जारी रहने छ।'

प्रकाशित मिति: : 2019-04-13 23:35:10

प्रतिकृया दिनुहोस्