स्वाद न व्यादको 'दाल, भात, तरकारी'

हाँस्य विधामा नेपाली रंगमञ्चदेखि टेलिफिल्म हुँदै फिचर फिल्मसम्म आफूलाई जब्बर रुपमा स्थापित गरेका छन्, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले। सरकारका काम कारवाहीमाथि कटाक्ष गर्दै प्रहसनबाट मन जितेका यी दुई कलाकारको सबैभन्दा उत्कृष्ट फिल्म भने 'बलिदान' नै हो। लामो समय अभिनय यात्रामा रहेको मह जोडी अभिनित २०५० को दशकको 'बलिदान' बाहेकका फिल्म सम्झन योग्य रहेनन् भलै ती फिल्मले बक्स अफिसमा बलियो उपस्थिति देखाए।

टेलिफिल्ममार्फत् जनजीविकासँग जोडिएका मुद्दा उठाउँदै सानो पर्दामा सधैं हिट रहे यी दुई। 'लोभी पापी' मार्फत् नेपाली फिल्म इन्ड्रस्टीमा कमेडी जनरा स्थापित गर्ने श्रेय पनि यो जोडीले नै पाउँछ। २०४५ सालमा आएको फिल्म 'लोभीपापी' बनेको पनि ३० वर्ष भइसक्यो। सीमित स्रोतसाधन र बजेटमा 'लोभीपापी' बनेको तीन दशकपछि यो जोडीकै अर्को फिल्म आएको छ, 'दाल, भात, तरकारी'। 

प्रकाशित मिति: : 2019-05-04 08:42:37

प्रतिकृया दिनुहोस्