कुरामीपाटीको एनएमबी बैंकमा चोरीको प्रयास

तस्बिरः बिएल

ललितपुरको कुमारीपाटीमा रहेको एनएमबी बैंकमा शनिबार चोरीको प्रयास भएको छ।

शनिबार बिहान करिब ४ बजेतिर बैंक भित्र छिरेर चोरी गर्ने प्रयास गरिरहेका एक युवकलाई बैंकका सुरक्षा गार्डले देखेर प्रहरीलाई खबर गरेपछि घटना हुनबाट जोगिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। ‘चोरी गर्ने हिसाबले गएको देखियो। समयमा नै गार्डले खबर गरेकाले घटना हुनबाट जोगियो,’ उनले भने।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। बैंक र सडकमा भएका सिसी क्यामरा हेर्ने काम भइरहेको एसएसपी धानुकले जानकारी दिए।

प्रकाशित मिति: : 2019-05-04 18:33:03

प्रतिकृया दिनुहोस्