वायु प्रदूषण: कसरी घटाउँछ विषाक्त वायुले तपाईँको आयु

एउटा महत्त्वपूर्ण अध्ययनका अनुसार सन् २०१७ मा ४९ लाख मानिसको मृत्युमा वायु प्रदूषणको समेत भूमिका रहेको छ।

उक्त अध्ययनले दूषित हावाले औसतमा विश्वभर १ वर्ष ८ महिना औसत आयु घटाउने पत्ता लगाएको छ।

हेल्थ इफेक्टस् इन्सटिट्यूटले तयार पारेको प्रतिवेदनले भूउपग्रहबाट उपकरणहरू र करिब १० हजार वायु प्रदूषणबारे अनुगमन गरी तथ्याङ्‍क सङ्‍कलन गरेको थियो।

उनीहरूले उक्त तथ्याङ्‍कलाई वायु प्रदूषणले स्वास्थ्यलाई कति असर गर्छ र विषाक्त हावाले सन् २०१७ मा कति मानिसको ज्यान गयो भन्ने तुलना गरेका थिए।

 

प्रकाशित मिति: : 2019-05-04 23:52:51

प्रतिकृया दिनुहोस्