नेपाली चलचित्र प्रवर्द्धनमा बेवास्ता गर्ने सरकार आइफा आयोजक बनेकोमा सरोकारवालाको आपत्ति

काठमाडौं- नेपाली चलचित्र उद्योगको प्रवर्द्धनमा ध्यान नपुर्‍याएको सरकारले आफै आयोजक बनेर इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) लाई आर्थिक सहयोग गरेको प्रति चलचित्रकर्मीहरुले आपत्ति जनाएका छन्। 

काठमाडौंमा हुने आइफाको २०औं संस्करणमा सरकारले एक अर्बभन्दा बढी खर्चिने भएको छ। भारतमा सरकार तर्फबाट सहयोग प्राप्त नहुने आइफाका लागि नेपाल सरकारले ४४ करोड उपलब्ध गराउने भएको हो। अवार्डका लागि ६ सयभन्दा बढी प्रतिनिधि र ६० भन्दा बढी भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहनेछ। कलाकारहरुको आवातजावत तथा बसाइका लागि थप रकम पनि जुटाउने हुँदा खर्च एक अर्बमाथि पुग्ने देखिन्छ।

कार्यक्रमका लागि पर्यटन बोर्ड र काठमाडौं महानगरपालिका सहआयोजक बनेका छन्। 

प्रकाशित मिति: : 2019-06-29 08:32:31

प्रतिकृया दिनुहोस्