आरएसएस सक्रिय, भाजपा र शिव सेनाकाे सरकार बनाउने अभियानमा

Agency

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले महाराष्ट्रमा सरकार गठबन्धनमा दुई सत्तारुढ हिन्दुवादी पार्टीमा देखिएकाे विवाद अन्त्यका लागि पहल सुरु गरेकाे छ। आरएसएसले भारतीय जनता पार्टी र शिव सेनाबीच गठबन्धनकाे सरकार निर्माणका लागि प्रयास थालेको हाे। भाजपाको मातृ संगठन रहेको आरएसएस अझ पनि दुई हिन्दुवादी पार्टीबीच समझदारी भएकाे हेर्न चाहन्छ। 

यसका लागि आरएसएसले शिव सेना प्रमुख उद्धव ठाकरेसँग सम्पर्क गरेको समाचारमा उल्लेख छ। शिवसेना प्रमुख ठाकरेलाई आरएसएसका नेताहरुले सम्पर्क गरेपनि उनले भाजपासँग हात मिलाउन अस्वीकार गरेको स्रोतको दाबी छ।

चुनावताका गठबन्धन गरेका यी पार्टीले सरकार गठनकाे बिषयमा आ–आफ्नै अडानमा राखेपछि गठबन्धनमा फुट देखिएकाे हाे। राष्ट्रवादी कंग्रेस पार्टी एनसिपी र कांग्रेससँग मिलेर शिव सेना सरकार बनाउने कसरतमा रहेकाे बेला भाजपाले रातारात एनसिपी फुटाएर सरकार गठन गरेकाे थियाे। तरपनि हिन्दु संगठन आरएसएसले यी दुई पार्टीहरु मिलाउने काम जारी राखेको बुझिन्छ।

 

प्रकाशित मिति: : 2019-11-24 21:57:13

प्रतिकृया दिनुहोस्