२०५९ को एसएलसीका ‘बोर्ड फस्ट’ विशाल ज्ञवाली चर्चित ‘अंकोलोजिष्ट’ हुन् । ‘अंकोलोजी’ अर्थात् क्यान्सरबारे अध्ययन । ‘अंकोलोजी’ पढेर क्यान्सरबारे विज्ञता हासिल गर्ने क्रममा उनी देशभित्र जति चर्चित छन्, त्योभन्दा धेरै गुना विदेशमा चर्चित छन् ।
यो विषयमा पिएचडी गर्ने पहिलो नेपाली उनै हुन्– बिशाल ज्ञवाली । त्यो पनि कम उमेर अर्थात् ३० बर्ष नपुग्दै । जापानको ‘नायोगा युनिभर्सिटी’बाट ‘अंकोलोजी’मा पिचएडी गरेका डा. ज्ञवालीले अमेरिकाको प्रसिद्ध ‘हाबर्ड युनिभर्सटी’मा पनि आफूलाई निखार्ने मौका पाए ।
‘अंकोलोजिष्ट’का रुपमा काठमाडौंस्थित सिभिल हस्पिटलमा केही समय काम गरेका डा. ज्ञवाली बिरामी जाँच्ने गरी तत्कालै स्वदेश फर्कने पक्षमा छैनन् । उनी ६ महिनादेखि परिवारसहित क्यानडा बस्न थालेका छन् ।
डा. ज्ञवाली भन्छन्, ‘स्वदेशको माया शब्दमा व्यक्त गर्न सकिन्न । तर, नेपाल बसेर बर्षमा केही बिरामी बचाउनुभन्दा क्यान्सरबारे अझै गहिरो रिसर्च गरेर संसारको आँखा खोल्नु बढी अर्थपूर्ण हुन्छ । किनकी, त्यसबाट हजारौं जीवन बचाउन सकिन्छ । यो विदेश बसाई त्यसैनिम्ति हो ।’
क्यान्सरविज्ञका रुपमा ज्ञवालीले बर्षैपिच्छे अन्तर्राष्ट्रिय सफलता पाइरहेका छन् । प्रस्तुत छ, क्यानडाको एक युनिभिर्सिटीमा अनुसन्धानसँगै त्यहींको अस्पतालमा बिरामी जाँच्नेसमेत जिम्मेवारी पाएका ज्ञवालीसँग ‘ब्रेक एण्ड लिक्स’ले गरेको १३ सवाल जवाफ ।
१, अन्ततः तपाईं पनि नेपालबाट पलायन भएकै हो ?
यो बुझाईमा भरपर्ने कुरा हो । म पलायन भएको मान्दिनँ । स्वदेशमा अध्ययन र अनुसन्धानलाई पर्याप्त स्रोत, साधन र वातावरण नहुँदा त्यस्तो लागेको मात्र हो । भविष्यमा मबाट नेपाल र नेपालीले गर्व गर्नलायक सेवा र उपलब्धि पाउनेछन् ।
स्वदेशको माया शब्दमा व्यक्त गर्न सकिन्न । तर, नेपाल बसेर बर्षमा केही बिरामी बचाउनुभन्दा क्यान्सरबारे अझै गहिरो रिसर्च गरेर संसारको आँखा खोल्नु बढी अर्थपूर्ण हुन्छ । किनकि त्यसबाट हजारौं जीवन बचाउन सकिन्छ । यो विदेश बसाई त्यसैका निम्ति हो ।
- डा. विशाल ज्ञवाली
२, परिवारसहित आउनुभएको छ, अब ढुक्कै बस्ने हो क्यानडा ?
अनुकूलता मिलेसम्म कसलाई पो छुट्न मन लाग्छ र ? कतिपयले चाहेर पनि सँगै बस्न पाउँदैनन् । मेरो हकमा परिवारसहितै विदेश बस्ने अनुकूलता मिल्यो । अहिलेलाई श्रीमति र छोरीसहित बसिँदैछ, अझै केही समय यतै बसिन्छ भविषयमा कता बसिन्छ भन्ने चाहिँ पुरै टुंगो लागेको छैन । तर जता बसे पनि देशको क्यान्सरको अवस्थामा कसरी सहयोग गर्न सक्छु भन्ने विषय नै मेरो प्राथमिकता हो ।
३, क्यानडामा कहाँ बसेर के गर्दै हुनुहुन्छ ?
यसै बर्षको मार्चदेखि अन्टारियोको किंग्स्टन सहरमा छु । यहाँ क्विन्स युनिभर्सिटी र यसअन्तर्गतको किङ्सटन जनरल हस्पिटलको क्यान्सर सेन्टरमा कार्यरत छु । यो सन् १८४१ मा स्थापित पब्लिक रिसर्च युनिभर्सिटी हो ।गत बर्षको तथ्यांकअनुसार यो युनिभर्सिटीमा झण्डै चार हजार एकेडेमिक स्टाफ र ३० हजार विद्यार्थी छन् ।
४, ‘क्विन्स युनिभर्सिटी’मा कसरी मौका पाउनुभयो ?
अनुसन्धान क्षेत्रमा ख्याति कमाएका यस्ता युनिभर्सिटीमा आबद्ध हुने धेरैको चाहना हुन्छ । निरन्तरको प्रयास र विषयबस्तुको राम्रो ज्ञान भए त्यो प्रयास सफल हुन्छ । मेरो हकमा एक युवा क्यान्सरविज्ञ हुनु नै क्विन्समा जोडिने अवसर भयो ।अझ भनौं, धेरै हत्ते नगरी युनिभर्सिटीकै इन्ट्रेस्टमा म आबद्ध हुन पुगें ।
५, त्यो अवसर लिन चाहने अरु पनि ‘अंकालोजिष्ट’ त थिए होलान् ?
आफैंले भन्दा राम्रो नसुनिएला तर ‘अंकोलोजिष्ट’का रुपमा धेरै राष्ट्रका धेरै मञ्चमा प्रस्तुति दिइसकेको र त्यसलाई संसारभरका सरोकारवालाले ध्यानपूर्वक लिएकाले म सजिलै सेलेक्ट भएँ । जापानबाट ‘अंकोलोजी’मा पिएचडी गरेपछि मैले लेखेका पेपरहरुले क्यान्सर उपचार जगतमा एक खाले हल्लिखल्ली मच्चाएका थिए । त्यसैले क्विन्सको ढोका खुल्यो ।
जापानबाट पिचएचडी गरेर नेपाल फर्किसकेको थिएँ । त्यसबीचमा मैले अध्ययन, अनुसन्धान गरेर लेखेका सामग्री मेडिकल साइन्सका क्षेत्रमा ख्याति कमाएका जर्नलहरुमा प्रकाशित भइरहेका थिए । ती सामग्री देखेर /पढेर अमेरिकाको ‘हाबर्ड युनिभर्सिटी’ले बोलाएको थियो । आफ्नोभन्दा पनि युनिभर्सिटीकै चाहनाले अमेरिका आएको थिएँ ।
- डा. विशाल ज्ञवाली
६, छ महिनाको क्यानडा अनुभव कस्तो रह्यो ?
अमेरिका बसेरै यता आएकाले खासै नौलो भएन । सिस्टम उस्तै भएर होला खासै अप्ठेरो भएन । ‘ग्लोबल अंकोलोजी’मा रिसर्चको काम भइरहेको छ । अनुसन्धान बेसकै युनिभर्सिटी भएकाले यहाँ काम गर्न सजिलै छ । साताको तीन दिन ‘क्विन्स् युनिभर्सिटी’अन्तर्गतकै किङ्स्टन जनरल हस्पिटलको क्यान्सर सेन्टरमा विरामी हेर्छु ।
७, यसअघि त ‘हाबर्ड युनिभर्सिटी’मा हुनुहुन्थ्यो नि ?
जापानबाट पिचएचडी गरेर नेपाल फर्किसकेको थिएँ । त्यसबीचमा मैले अध्ययन, अनुसन्धान गरेर लेखेका सामग्री मेडिकल साइन्सका क्षेत्रमा ख्याति कमाएका जर्नलहरुमा प्रकाशित भइरहेका थिए । ती सामग्री देखेर /पढेर अमेरिकाको ‘हाबर्ड युनिभर्सिटी’ले बोलाएको थियो । आफ्नोभन्दा पनि युनिभर्सिटीकै चाहनाले अमेरिका आएको थिएँ ।
८, अमेरिकामा कति समय बस्नुभयो, किन छोड्नुभयो ?
खासै लामो बसाई भएन, एक बर्ष पूरा बसियो । तर, ढुक्कैलाई छोडेको होइन । ‘हार्वर्ड’मा अझै एफिलियटेड फ्याकल्टीको रूपमा आबद्ध नै छु ।
बसाई मात्र क्यानडा, काम गराई ‘हाबर्ड’ र ‘क्विन्स’ दुबैतिरका युनिभर्सिटीमा नै छ । उताको युनिभर्सिटीमा अनुसन्धानको काममा मात्र सीमित थिएँ । यता युनिभर्सिटीअन्तर्गतकै हस्पिटलमा बिरामी हेर्ने अवसर पनि पाएँ । त्यसैले तान्यो । नेपाली डाक्टरका लागि त यो एउटा पक्कै ठूलो अवसर हो ।
एउटा वास्तविकता के हो भने नेपालको कुनै हस्पिटल बसेर वर्षमा केही जना बिरामीको लाइफ सेभ गर्नुभन्दा क्यान्सरबारे अझै गहिरो अध्ययन गरी यसबारे नयाँ कुराबाहिर ल्याउनसके त्यसबाट संसारले फाइदा लिनसक्छ र हजारौं विरामीले फाइदा पाउँछन् ।
- डा. विशाल ज्ञवाली
९, ‘बोर्ड फष्ट’ मान्छेले देशमै बस्नुपर्थ्यो भन्ने पनि छन् नि ?
त्यो चाहना स्वभाविक हो, जसलाई म सदैब सम्मान गर्छु । तर, एउटा वास्तविकता के हो भने नेपालको कुनै हस्पिटल बसेर वर्षमा केही जना बिरामीको लाइफ सेभ गर्नुभन्दा क्यान्सरबारे अझै गहिरो अध्ययन गरी यसबारे नयाँ कुराबाहिर ल्याउनसके त्यसबाट संसारले फाइदा लिनसक्छ र हजारौं विरामीले फाइदा पाउँछन् ।
मेरो प्रयास देशसँगै संसारभरका क्यान्सरका बिरामीलाई निको पार्ने हो, उनीहरुलाई उज्यालो संसार देखाउने हो, आशाका किरण देखाउन खोज्ने हो । त्यसमाथि देशका विरामीलाई हेर्न देशमै हुनुपर्छ भन्ने पनि छैन । म विदेशमा बसेपनि केही महिना अघिसम्म अनलाइनमार्लत नेपालका विरामी हेरिरहेकै थिए ।
१०, भनेपछि अहिलेलाई उपचारभन्दा अनुसन्धान नै ठूलो हो ?
सबैका हकमा त्यस्तो नहोला, मेरो हकमा भने तत्कालका लागि यही नै ठूलो हो । यही रफ्तारमा अरु १०/१५ बर्ष अनुसन्धानका काम गरियो भने क्यान्सरको उपचारमा धेरै नयाँ कुरा अघि आउनेछन् । उपचारमा नयाँ प्रविधि हुनेछन् । नयाँ औषधि र नयाँ पद्धतिले क्यान्सरलाई अहिलेभन्दा सजिलो गरी जित्न सकिन्छ भन्ने छ । त्यसमाथि मेरो अनुसन्धानको क्षेत्र पनि दूरदराजमा क्यान्सरको उपचार कसरी पुर्याउन सकिन्छ भन्ने नै हो ।
११, तपाईंको अहिलेको अनुसन्धान विषय चाहिँ के हो ?
मेरा अनुसन्धानका क्षेत्र मुख्यत: दुईवटा छन् । पहिलोलाई ग्लोबल अंकोलोजी भन्छन् । एकातिर मानिस चन्द्रमामा पुग्ने प्रगति भइरहेका बेला अर्कातिर क्यान्सर लाग्यो भन्ने सुन्यो कि काल आयो भनेर कहालिने अवस्था कायमै छ । नेपालजस्ता अल्पविकसित राष्ट्रमा क्यान्सरपीडितलाई के कसरी, क-कसको सहयोगमा सहजै उपचार दिलाउन सकिन्छ भन्नेमा केन्द्रित छ ।
यसमा सरकारको भूमिका के, समुदायको भूमिका के हुने भन्ने कुरा पर्छन् । क्यान्सरका बिरामीको जीवन जोगिने महत्वपूर्ण औषधि उपचारलाई सबैको पहुंचमा पुर्याउने प्रोजेक्टलाई क्यान्सर ग्राउण्ड सट भन्छन् । यो क्यान्सर ग्राउण्ड सट भन्ने शब्द पनि मैले नै सुरु गरेको हो ।
एक महिनापछि दसैंमा घर जाँदैछु । त्यो पारिवारिक भ्रमण भए पनि केही पेशागत सम्झौता पनि हुन सक्नेछन् । काठमाडौंका केही हस्पिटलले प्रविधिमार्फत मबाट सेवा लिन सक्नेछन् । पहिले मेडिसिटी हस्पिटलसँग यसरी सहकार्य भएको थियो । त्यसरी क्यानडाबाटै पनि टेलिमेडिसिनमार्फत मबाट क्यान्सरका बिरामीको उपचारमा फाइदा लिन सक्नेछन् ।
- डा. विशाल ज्ञवाली
१२, अनि दोस्रो बिषय चाहिँ चाहिँ के हो ?
मेरो अनुसन्धानको दोस्रो बिषयलाई क्यान्सर पोलिसी भनिन्छ । यसमा क्यान्सरको उपचारका लागि उत्पादन र प्रयोग भइरहेका नयाँ औषधिबारे अनुसन्धान गर्दैछु । तिनको प्रयोगले बिरामीलाई हुने फाइदा, बेफाइदा र असरबारे अध्ययन केन्द्रित छ ।
औषधि कम्पनीले पैसा मात्र कमाइरहेका छन् या बिरामी पनि निको हुँदैछन् भन्ने कुरा मुख्य अनुसन्धान हो । कतिपय मान्यताप्राप्त कम्पनीका औषधिले क्यान्सर निको हुनु साटो बिरामीलाई उल्टो हानी गरेको पाइएकाले यो बिषय रोजेको हुँ । यो बिषयमा मैले गरेको अनुसन्धानलाई सीएनएनले पनि रिपोर्ट बनाएर प्रशारण गरेको थियो ।
१३, अन्त्यमा, नेपाली बिरामीले चाहिँ तपाईंबाट कहिले सेवा पाउलान् ?
एक महिनापछि दसैंमा घर जाँदैछु । त्यो पारिवारिक भ्रमण भए पनि केही पेशागत सम्झौता पनि हुन सक्नेछन् ।
काठमाडौंका केही हस्पिटलले प्रविधिमार्फत मबाट सेवा लिन सक्नेछन् । पहिले मेडिसिटी हस्पिटलसँग यसरी सहकार्य भएको थियो । त्यसरी क्यानडाबाटै पनि टेलिमेडिसिनमार्फत मबाट क्यान्सरका बिरामीको उपचारमा फाइदा लिन सक्नेछन् ।
नेपालका एक-दुई हस्पिटलमा पनि क्यान्सर अनुसन्धानका केही प्रोजेक्ट सुरुवात गर्ने योजना पनि छ । हेरौं, केही न केही सहकार्य र सम्झौता पक्कै होला ।