ट्राफिक नियम थप कढाई र आधुनिकिकरण गरिने

महाशाखाको जिम्मेवारी पाएपछि पहिलो पटक सोमबार पत्रकार सम्मेलन गर्दै एसएसपी भीम ढकाल

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम थप कढाई र आधुनिकिकरण गरेर लैजाने बताएका छन्।

महाशाखाको जिम्मेवारी पाएपछि पहिलो पटक सोमबार पत्रकार सम्मेलन गर्दै एसएसपी भीम ढकालले राजधानीमा हुने ट्राफिक जाम र नियमलाई व्यवस्थित गर्न आफूले काम गरेरै देखाउँने दाबी गरेका हुन्।

मिटरमा जान नमान्ने ट्रयाक्सी चालक, जथाभावी पार्किङ गर्ने सवारी चालक र सडक अनुशासन पालनमा नगर्ने पैदल यात्रुलाईसमेत कारबाही गरिने एसएसपी ढकालले बताए।

त्यस्तै सडकमा खटिने ट्राफिक प्रहरीले चालकलाई दुर्व्यवहार गरे, घुस रकम मागे कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

उपत्यका भित्रको ट्राफिक व्यवस्थापन गर्ने आगमी दिनमा प्राविधिकयुक्त ट्राफिक व्यवस्थापन, प्रहरीको व्यवहारमा विनम्रता जोड, ट्राफिक नियम सम्वन्धि जनचेतनामा जोड दिने एसएसपी ढकालले बताए।

सोमबार नै ट्राफिक प्रहरीले चोरीमा फेला परेका मोटरसाइकल तथा स्कुटर समेत हस्तान्तरण गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काठमाडौं नागर्जुन नगरपालिका वडा नम्वर ७ बस्ने २६ वर्षिय प्रदीप खड्गी, २५ वर्षीय रोसन खड्का र चितवन भरतपुर महानगरपालिका वडा नम्वर २१ बस्ने २० वर्षीय अन्जन विक रहेको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए।

प्रहरीले राजधानीको बसुन्धरा, कालिमाटी, माछापोखरी, नयाँ बसपार्क, दरवारमार्ग, तीनचुलेलगायतस्थानबाट हराएको १८ वटा मोटरसाइल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाइएको हो।

प्रकाशित मिति: : 2019-09-09 14:25:16

प्रतिकृया दिनुहोस्