अमेरिका र इरानबीच पुनः तनाव बढ्यो

इरानलाई प्रतिबन्ध लगाएको अमेरिकाले भूमध्य सागरमा युद्धको झल्को दिने गरी विमान उडाउन मिल्ने युद्धबाहक डुंगा ‘युएसएस अब्राहम लिंकन करिअर स्ट्राइक ग्रुप’ खटाएको छ। यो घटनाले दुई देशबीच केही समयदेखि गतिरोध सम्बन्ध अझै चिसिने सम्भावना बढेर गएको छ।

ट्रम्प प्रशाषनले हालै इरानको रिवोल्युशनरी गार्डलाई आतंकवादी सूचीमा राखेको थियो। यसको सोझो अर्थ अन्य देशले इरानको सेनासँग सम्बन्ध राख्न पाउने छैनन्। इरानी सेनासँग न अन्य देशले हतियारको डिल गर्न सक्छन, न संयुक्त अभ्यास क्याम्प नै आयोजना गर्न सक्ने छन्।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले पश्चिम एसियामा परिचालन गरिएको ‘युएसएस अब्राहम लिंकन करिअर स्ट्राइक ग्रुप’ को सोझो अर्थ इरानलाई स्पष्ट सन्देश दिन लागिएको बताए।

‘हामीले अमेरिका र हाम्रा सहयोगी माथि हुन सक्ने आक्रमणलाई निर्ममताका साथ निस्तेज गर्न यो समूह परिचालन गरेका हौं,’ उनले भने।

उनले इरानको तर्फबाट आइरहेको तनाव बढ्ने खालका चेतावनीयुक्त सन्देशपछि पश्चिम एसियामा ‘युएसएस अब्राहम लिंकन करिअर स्ट्राइकर ग्रुप’ र एउटा बमबर्षक कार्य दल परिचालन गर्नु परेको बताए।

उनले आइतबार भनेका थिए, ‘अमेरिका इरानसँग युद्ध चाहिरहेको छैन। तर, हामी कुनै पनि किसिमको आक्रमणको जवाफ दिन सक्षम छौं।’

प्रकाशित मिति: : 2019-05-06 16:38:05

प्रतिकृया दिनुहोस्