विप्लव माओवादीका विद्यार्थी संगठन अध्यक्ष अनामनगरबाट पक्राउ

विप्लव। तस्वीरः इन्टरनेट खबर

काठमाडौं– विप्लव माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन्।

उनलाई अनामनगरस्थित युनियन हाउसबाट प्रहरीले पक्राउ गरेको हो। सरकारविरूद्ध बोलेका ढकाललाई विहिबार दिउँसो १ बजे पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले ब्रेक एन लिंक्सलाई जानकारी दिए।

ढकाललाई काठमाडौं प्रहरी परिषरमा राखिएको छ। सरकारले विप्लव माओवादीको गतिविधि प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति: : 2019-05-10 13:42:16

प्रतिकृया दिनुहोस्