नयाँ संसद भवनको शिलान्यास आज, ७ अर्ब खर्च हुने प्रारम्भिक अनुमान

Photo Credit : सिंहदरबारभित्र निर्माण गर्न लागिएको संसद् भवनको डिजाइन ।

संघीय संसद भवनको शिलान्यास बुधबार हुँदैछ । बुधबार बिहान साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतली बगैँचामा भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।

संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डरलगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको छ । ७ अर्ब रुपैयाँको लागतमा भवन निर्माण हुने प्रारम्भिक अनुमान छ । भवन तीन वर्षभित्र निर्माण पूरा गर्ने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार झण्डै १ सय ७३ रोपनी ८ आना जग्गामा प्रतिनिधि सभा, राष्ट्रिय सभा र संसद् सचिवालयको तीन वटा भवनसहित सुरक्षाकर्मीको लागि आवास र झण्डै ७ सय गाडी पार्किङ गर्न सकिनेछ ।

 संसद भवनको क्षेत्रको मध्यभागतिर भीभीआईपीका लागि प्रवेशद्वार राखिने छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार राखिने छ ।मुख्य गेटबाट प्रवेश गर्ने्वित्तिकै प्लाजामा पुगिनेछ । त्यसको एकापट्टि संसद सचिवालय हुनेछ भने अर्कोको प्रतिनिधिसभाको हल हुनेछ ।

सचिवालय र प्रतिनिधि सभाको पछिल्लो भागमा एकापट्टि दलको कार्यालय र अर्कोपट्टि राष्ट्रियसभा हुने गरी मन्त्रालयले डिजाइन तयार पारिएको छ । संसद् भवनकै क्षेत्रभित्रमा बगंैचा, तथा सानो चौरसमेत रहने डिजाइनमा उल्लेख छ ।

 

प्रकाशित मिति: : 2019-09-18 11:03:30

प्रतिकृया दिनुहोस्