जसले बझाङमा पाँच सय वर्ष राज गरे

वि.सं. १५०३ मा बझाङ र थलारा राज्य स्थापना भए । बझाङ राज्यमा ६१ जना राजाले शासन गरे । बझाङ बाइसे राज्य हो । त्यसबेला बझाङका चार दिशा पूर्वतर्फ बाजुरा, सान्नी, जुम्ला, पश्चिम तर्फ डोटी राज्य, दक्षिण तर्फ थलारा राज्य र उत्तर तर्फ तिब्बतको खोजरनाथ पुस्तक्याढुंगा र मान सरोबर विभिन्न राज्य सञ्चालित थिए ।

वि.सं १८४८ मा नेपालसँग आश्रय सन्धी गरेको हुँदा वार्षिक ५०१ सिर्तो (स–सना राज्यले ठूला राज्यका राजालाई बुझाउने कर) तिर्ने गरी रजौटा थमौती भएको थियो । वीपी कोइराला सरकारको पालामा राज्य रजौटा ऐन, २०१७ र राज्य अदालत उन्मूलन ऐन, २०१७ लागू भएपछि सबै राज्यहरू खारेज भएका थिए । यद्यपि राज्य रजौटा ऐनले सल्यान, बझाङ, जाजरकोट, मुस्ताङ, भिर्कोट, माल्नेटा, दर्ना गरी १७ रजौटालाई मान्यता दिएको थियो ।

प्रकाशित मिति: : 2019-09-19 17:27:00

प्रतिकृया दिनुहोस्