साफ यु–१८ च्याम्पियनसिपमा खराब नतिजापछि प्रशिक्षकले दिए राजीनामा

फाइल तस्बिर

साफ यु–१८ च्याम्पियनसिपमा खराब नतिजापछि प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले हारको जिम्मेवारी लिँदै राजीनामा दिएको अखिल नेपाल फुटबल संघले जनाएको छ।

श्रेष्ठ यसअघि जेठ २८ गते यु–१८ टिमको प्रशिक्षकमा नियुक्त भएका थिए। एन्फाले श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदा सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा चनुराम चौधरी नियुक्त दिएको थियो। अघिल्ला सन् २०१६ र २०१८ को विजेता नेपाल जारी साफ यु–१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको थियो।

सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल भुटानसँग ३–० ले पराजित भएको थियो। त्यसअघि नेपाल र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका थिए।

भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

प्रकाशित मिति: : 2019-09-25 16:21:54

प्रतिकृया दिनुहोस्