बलात्कारको आरोप लागेका पूर्वसमाभुख महरा पक्राउ

संसद सचिवालयमा कार्यरत रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।


जबर्जस्ति करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आईतबार पक्राउ पुर्जी जारी भएपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिएको हो।

जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर न्यायीक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।

महरालाई पक्राउ गर्न महानगरीय प्रहरी बृत्त बानेश्वरको टोली बालुवाटार पुगेको थियो।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै महराले पदबाट राजिनामा दिएका थिए।

पिडित महिलाले महराविरुद्ध गत शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा किटानी जाहेरी दर्ता गरेकी थिइन्।

महरालाई प्रहरीले आइतबार सरकारी निवास बालुवाटार पुगेर पक्राउ गरेको हो।

 

प्रकाशित मिति: : 2019-10-06 17:54:51

प्रतिकृया दिनुहोस्