चिनियाँ राष्ट्रपतिको भ्रमण : राजधानीका सडक टालटुल पारेर सिंगारिँदै

असोज २५ गते चिनियाँ राष्ट्रपति सी चीनफिङले नेपाल भ्रमण गर्ने तय भएको छ।

भ्रमणका क्रममा उनले प्रयोग गर्ने  राजधानीका सडक टालटुल पारेर सिंगार्न थालिएको छ। सडकका खाल्डाखुल्डी पुर्ने अनि सडक पेटीहरु सिंगार्ने र छेउछाउमा बिरुवा रोप्न महानगर र सडक विभागका कर्मचारीहरु व्यस्त छन्। 

विगत तीन दिनदेखि काठमाडौंको त्रिभुवन विमानस्थलदेखि कालिमाटीसम्मको सडक टालटुल भईरहेको छ।

सडकमा महिनौंदेखि खाल्डाखुल्डी थिए। अहिले भने रातारात खाल्डाखुल्डी पुर्ने तथा टालटुल गर्ने काम धमाधम भइरहेको छ।

प्रकाशित मिति: : 2019-10-06 21:20:02

प्रतिकृया दिनुहोस्