महरामा अक्सिजन कमी, फर्काइयो सरकारी निवासमा

महरालाई सरकारी निबासतिर लगिदै । तस्बिर : बीएल

वलात्कार उद्योग गरेको आरोपमा पक्राउ परेका संद्दीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सभामुखको सरकारी निवास बालुवाटारमै लगिएको छ।

प्रहरी स्रोतका अनुसार प्रहरी हिरासतमा राख्नुअघि प्रहरीले गर्ने नियमित स्वास्थ्य परीक्षणका लागि बीर अस्पताल लगिएकोमा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । 

स्वास्थ्यमा समस्या देखिएपछि निजी चिकित्सकसँग उपचार गराउन उनलाई सभामुखको सरकारी निवासमै लगिरएको प्रहरीले जनाएको छ । 

अक्सिजनामा कमी भएपछि महरालाई सरकारी निवास बालुवाटार लगिएको हो, उनलाई राति त्यही राख्ने वा प्रहरी थुनामा राख्न महानगरीय प्रहरी वृत्त सिहदरवारमा ल्याउने टुगौ छैन, प्रहरी स्रोतले बीएल नेपाली सेवालाई भन्यो।

संसद सचिवालयमा कार्यरत् रोशनी शाहीले बलात्कार प्रयास गरेको कीटानी जाहेरी दिएपछि महरालाई आईतबार साँझ पक्राउ गरिएको छ । 

यो पनि पढ्नुहोस् 
विदेशी नेपाली थालमा रम्दै, नेपाली थाल विर्सदै: डाक्टर निर्मला

जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट महराविरूद्ध  आइतबार पक्राउ पुर्जी जारी भएको हो ।  त्यही पूर्जीका आधारमा उनलाई प्रहरील् पक्राउ गरेको हो र 

 

 

 

 

प्रकाशित मिति: : 2019-10-06 22:42:15

प्रतिकृया दिनुहोस्