यसरी मनाउँदैछन सुरक्षाकर्मीले दसैँ

‘किन आउँछ दसैंतिहार किन बिदा बार
फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार ।’

यो गीतको हरफ सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक दीपक कोइराले कोरेका हुन्, जुन सुरक्षाकर्मीको भोगाइ हो । अहिले हिन्दु धर्मालम्बीहरूको महान् चाड बडादसैं जारी छ । आम मानिस किनमेल, घूमघाम र रमाइलोमा ब्यस्त छन् ।

तर, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भने कसरी आम मानिसको दसैंलाई व्यवस्थित गर्ने भन्ने चिन्तामा छन् । दसैं, तिहार र छठ लागेसँगै चाडबाड लक्षित अप्रिय घटना हुन नदिन र सम्भावित घटना रोकथाम गर्न भन्दै दुवै संगठनले विभिन्न सुरक्षा योजनासमेत ल्याएका छन् । उनीहरूलाई गीतले भनेझैं न कुनै सार्वजनिक बिदाको दिनले छुन्छ न कुनै चाडबाडले नै ।

प्रकाशित मिति: : 2019-10-08 10:28:27

प्रतिकृया दिनुहोस्