सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना,पाँच जनाको निधन

फाइल तस्बिर

सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ।

काठमाडौँ आउने क्रममा इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित तिखु मोडमा बा २ ख १७२५ नम्बरको हेलम्बु यातायातको बस दुर्घटनामा परेको हो। बसमा अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा अनुसार दुर्घटनामा कम्तीमा पाँच जनाको निधन भएको जानकारी प्राप्त भइसकेको छ। प्रहरी अहिले घटनास्थलमा पुगेको छ।

विस्तृत विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति: : 2019-10-11 11:05:43

प्रतिकृया दिनुहोस्