सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या ११ पुग्यो,पाँच जनाको सनाखत

बिएल

सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा हुँदा मर्नेको संख्या ११ पुगेको छ ।

शुक्रबार काठमाडौँ आउने क्रममा इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित तिखु मोडमा बा २ ख १७२५ नम्बरको हेलम्बु यातायातको बस दुर्घटनामा परेको थियो। बसमा अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य पाँचजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याइएका जुनादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमित पुर्कुतिको मृत्यु भएको छ।

मृत्यु भएका बाँकी ६ जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।६० जनाभन्दा बढी घाइते भएका छन्। केही शवलाई दुर्घटनाग्रस्त बसले नै किचेको थियो।

बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षतिग्रस्त भएको थियो। उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीले खबर पाएलगत्तै घटनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो।

गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ।

 

प्रकाशित मिति: : 2019-10-11 14:15:15

प्रतिकृया दिनुहोस्