राष्ट्रिपति सीको भ्रमणले विकाशमा थप सहयोग पुग्ने विश्वास लिएको छौं: राष्ट्रिय प्रजातन्त्र (संयुक्त)

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चिनियाँ राष्ट्रिपति सी चिनफिनको भ्रमणबाट मैत्रीपूर्ण सम्बन्ध कायम हुने बताएको छ ।

पार्टीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रिपति सीको भ्रमणबाट नेपाल र चीनबीच विद्यमान युगौं पुरानो मैत्रीपूर्ण सम्बन्ध बदलिदो विश्व परिवेश अनुरुप थप सृदृढ र मजबूत हुने आशा लिएको उल्लेख गरिएको छ ।

'नेपाल र चीन भौगोलिक रुपमा जति निकटस्थ छन् भावना र व्यवहारमा पनि उतिकै नजिक छन् । दुबै छिमेकीले एक अर्काको सम्बवेदनशीलतालाई भावनात्मक एवंम वस्तुगत रुपमा बुझेका छन् । तद्अनुसार नीति तथा व्यवहार अवलम्बन गर्दै आएका छन् ।' विज्ञप्तीमा भनिएको छ-'साथै एक अर्कामा पारस्परिक सदभाव र सहयोग आदन प्रदान गर्दे आएका छन् ।'

पञ्चशीलका सिद्धानतमा आधारित असंलग्न परराष्ट्रिनीतिले नेपालले सदैव आफ्ना निकटस्थम छिमेकीहरुलाई द्धिपक्षीय तथा बहुपक्षीय हितका लागि आफूले दिन सक्ने योगदान समेत दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी एक चीन नीति र अवधारणप्रति प्रतिवद्ध तथा सुरक्षा चासो प्रति सचेत रहेको जनाएको छ ।राष्ट्रिपति सीको भ्रमणले दक्षिणी एशियामा स्थायित्व,शान्ती एवंम विकाशमा थप सहयोग पुग्ने विश्वास लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: : 2019-10-11 18:31:57

प्रतिकृया दिनुहोस्