काभ्रेको थामबाट बनेपातर्फ आउँदै गरेको निसान गाडी दुर्घटना: तीन जनाको मृत्यु, पन्ध्र घाइते

सांकेतिक तस्बिर

काभ्रेको महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको निसान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पन्ध्र जना घाइते भएका छन् ।

शुक्रबार थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो । मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्को यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

प्रकाशित मिति: : 2019-10-11 20:11:21

प्रतिकृया दिनुहोस्