मेडिकल कलेजद्वारा शुल्क फिर्ता गर्न आनाकानी

काठमाडौं।  मेडिकल कलेजहरूले एमबीबीएसलगायत चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग मनोमानी ढंगले असुलेको शुल्क फिर्ता गर्न आनाकानी गर्दै आएका छन् । मेडिकल कलेज सञ्चालकले सरकारको निर्णयलाई बेवास्ता गर्दै तोकिएभन्दा बढी शुल्क लिएको रकम अझै फिर्ता गर्न आनाकानी गरेका हुन् । मेडिकल कलेजहरूले विभिन्न शीर्षकमा प्रतिविद्यार्थी लाखौं शुल्क लिएर एकै ब्याचबाट करोडौं रुपैयाँ उठाएका छन् । कतिपय मेडिकल कलेजले अवैध शुल्क संकलन गरे पनि विद्यार्थीले उजुरीसमेत गर्न सकेका छैनन् ।

 

प्रकाशित मिति: : 2019-10-13 08:51:50

प्रतिकृया दिनुहोस्