नेपाल र चीनबीच १७ बुँदामा सम्झौता

तस्बिरः बिएल

नेपाल र चीनबीच १७ वटा बुँदामा सम्झौता भएको छ।  आइतबार होटल सोल्टीमा आयोजित उच्चस्तरीय औपचारिक वार्तापछि भएको सम्झौतामा विभिन्न १७ बुँदामा सहमति भएको हो।

नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सि चिनफिङको भ्रमणको दोस्रो दिन आज  दुवै देशबीच दुइपक्षीय औपचारिक वार्ता भएको थियो।

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच औपचारिक वार्तासमेत भएको थियो। उक्त वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

पूर्वाधार विकास, कनेक्टिभिटी, पर्यटन, हिमालय क्षेत्रको संरक्षण र संस्कृति प्रबर्द्धन लगायतका बुँदा सम्झौतामा छन्।

प्रकाशित मिति: : 2019-10-13 12:33:01

प्रतिकृया दिनुहोस्