अस्पताल भर्ना भएका महरामा 'स्ट्रेस'को समस्या

बिएल

बलात्कारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा अझै केही दिन अस्पताल बस्ने भएका छन्।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएका महरामा अहिले अनिद्रा र तनाव (स्ट्रेस) को समस्या देपखएपछि उनि अस्पतालमा नै बस्नु पर्ने भएको छ । अस्पताल स्रोतका अनुसार उनलाई हाल क्याबिनमा राखिएको छ।

यसअघि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।उपचारको क्रममा महराको रगतमा सुग देखिएको थियो। महरालाई पहिला पनि श्वासप्रश्वासको समस्या थियो।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो। महराले आफूमाथि बलात्कारको प्रयास र हिंसा गरेको शाहीले आरोप लगाएकी छन्।

उनलाई पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो। उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ।

प्रकाशित मिति: : 2019-10-13 13:13:09

प्रतिकृया दिनुहोस्