राष्ट्रपति सीसँग समय मिलाएर चीन आउँछु भनेको छु: सभापति देउवा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको आफूलाई चीन भ्रमणको निम्तो दिएको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले उक्त कुराको पुष्टि गरेको हुन् । ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु’ उनले भने ।

साथै उनले चीन नेपालको पुरानो मित्र शक्ति भएको दाबी समेत गरेका छन् । देउवाले चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको र भोलिको दिनमा पनि गरोस् भन्ने चाहना रहेको बताए ।

प्रकाशित मिति: : 2019-10-13 17:03:51

प्रतिकृया दिनुहोस्