प्राणी प्रेमको पर्व तिहार

तिहार दसैँलगत्तै आउने पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीयासम्म मनाइन्छ । पाँच दिनसम्म मनइने हुनाले यसलाई यममञ्चक पनि भनिन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा पनि), गोरु तिहार र भाइ तिहार पाँच दिनसम्म धुमधामले मनाइन्छ । कहिले कहीँ भने हिन्दु पञ्चाङ्ग गणना तिथि अनुसार पर्ने भएकाले नेपाली चाडको दिन अघिपछि सरिरहन्छ । यस पटकको तिहार पनि चार दिनमा सकिँदै छ ।

झिलिमिली बत्ती दाजुभाइ तथा दिदीबहिनीमा आपसी स्नेह, सद्भाव, धनधान्यकी देवीप्रति सम्मान, पशुपक्षीप्रति प्रेम नै तिहार पर्वको सुन्दर विशेषता हो । विश्वका सबै धर्मका आआफ्नै विशेषता छन् । हिन्दुहरूको यो पर्व सुन्दर र सात्विक रुपमा मनाइन्छ ।

प्रकाशित मिति: : 2019-10-27 08:03:14

प्रतिकृया दिनुहोस्