साेलुखुम्बुकाे होटलमा विदेशी नागरिक मृत फेला

सांकेतिक तस्बिर

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर–४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका छन् ।

मगंलबार बिहान साढे ६ बजे होटलमा सुतिरहकैे अवस्थामा ५४ वर्षिया बेलायती नागरिक केलीनु जोसेफको मृत फेला परेका हुन् । सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मृत्युको कारण भने खुल्न नसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।मंगलबारै उनको शव हेलिकप्टर मार्फत काठमाडौं पठाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

प्रकाशित मिति: : 2019-10-30 08:03:21

प्रतिकृया दिनुहोस्