भक्तपुरमा बसले पैदलयात्रु र मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु

सांकेतिक तस्बिर

भक्तपुरको कमलविनायकमा बसले पैदलयात्रु र मोटरसाइकललाई ठक्कर दिँदा एक पैदलयात्रुको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलबार बेलुका बा ४ ख ६०७ नम्बरको बसले दुई जना पैदलयात्री र बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका पैदलयात्री काभ्रे डाँडाबारी ३ का २० वर्षीय विकास तामाङको उपचारको क्रममा मध्यपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट पैदलयात्रु भक्तपुर गुण्डुका विशाल तामाङ र मोटरसाइकल चालक कागेश्वरी मनहरा–१ का ३० वर्षका प्रकास सुनुवारको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । बस चालकलाई भने प्रहरीले पक्राउ गरेको छ ।

 

प्रकाशित मिति: : 2019-10-30 10:13:30

प्रतिकृया दिनुहोस्