रामेछापमा पिङको विषयमा विवाद हुँदा खुकुरी हानाहान, ६ जना घाइते

सांकेतिक तस्बिर

गोकुलगंगा गाउँपालिका वडा नं–६, फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबीच खुकुरी हानाहान भएको छ । घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा स्थानीय शुसिल तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् ।

तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोको विषयलाई लिएर राति पनि विवाद बढेपछि युवाहरुबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते ६ जनाकै जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-30 12:37:59

प्रतिकृया दिनुहोस्