प्रदेश प्रमुखको नियुक्तिका विषयमा निर्णय लिन बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ ।
नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि नाम सिफारिस गरेसँगै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको हो ।
नेकपा सचिवालयले सोमबार बसेको बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष नाम सिफारिस गरेको थियो ।
यो पनि
नेकपाले टुंगो लगायो सातै प्रदेश प्रमुखको नाम
सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएसँगै मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु
प्रदेश प्रमुखका सिफारिस प्रति नेपाल असन्तुष्ट,बीचैमा गरे बैठक बहिस्कार
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त पदमुक्त गरेकी थिइन्।सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ । विसं २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुखको नियुक्ति भएकामा नेकपाले त्यसबेला आपत्ति जनाएको थियो ।
सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन।